शुक्रबार, वैशाख २८, २०८१

एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व

नेपालखोज २०८० असोज २१ गते १५:३१

काठमाडौं । नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व चयन भएको छ । कमिटीको प्रथम अधिवेशनले सर्वसम्मतरुपमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि प्रेमकुमार पराजुली निर्विरोध अध्यक्षतामा निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ ।

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । पूर्व निर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको यही असोज १९ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया