आइतबार, वैशाख २३, २०८१

परिपत्र घोषणापछिको पहिलो कार्य दिन नैं ३५ अंकले घटयो नेप्से

नेपालखोज २०८० असोज २१ गते १५:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार कार्यालय समय भन्दा निकै नै ढिलो गरी सेयर धितो कर्जा सम्बन्धी नयाँ परिपत्र जारी गर्‍यो । उक्त परिपत्र जारी हुँदा त्यो दिनको सेयर बजार बन्द भइसकेको हुँदा त्यो दिनको सेयर बजारमा कुनै पनि प्रभाव पर्ने कुरै भएन । तर परिपत्र घोषणा पछिको पहिलो कारोबार दिन आज आइतबार नेप्से उच्च अंकले घटेको छ ।

धेरैको अपेक्षा थियो राष्ट्र बैंकले सेयर धितो कर्जालाई खुकुलो बनाएपछि सेयर बजार बढ्छ । तर सेयर बजारमा त्यसको कुनै प्रभाव देखिएन् ।

राष्ट्र बैंकले बिहिबार परिपत्र जारी गरी सेयर धितोमा १२ करोडको कर्जा सिमालाई बढाएर व्यक्तिगततर्फ १५ र संस्थागततर्फ २० करोड रुपैंयाँ पुर्याएको थियो । तर यो बढाईले सेयर बजारमा कुनै तात्विक परिवर्तन ल्याउन सकेन । सेयर बजार घट्यो ।

साताको पहिलो दिन आज आईतबार नेप्से ३५ दशमलव ६७ अंकले घटेर १९ सय २१ दशमलव २४ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७९ अंकले घटेर तीन सय ६७ दशमलव ५७ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरुको ५९ हजार एक सय ७१ पटकको कारोबारमा ५८ लाख १५ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव २९ अंकले घटेर १२ सय नौं दशमलव ८५ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक ७१ दशमलव ३८ अंकले घटेर तीन हजार छ सय ९१ दशमलव ५० अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ३४ दशमलव ३० अंकले घटेर १६ सय ८७ दशमलव ७४ अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि ५७ दशमलव ७५ अंकले घटेर दुई हजार ५९ दशमलव ३९ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ३८ दशमलव ५७ अंकले घटेर १० हजार दुई सय २१ दशमलव ३० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ७३ अंकले घटेर १० हजार एक सय नौं दशमलव ७२ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय २२ दशमलव ८६, एक दशमलव ३५, ६० दशमलव ६६, ५८ दशमलव ५३, शुन्य दशमलव २०, २२ दशमलव ९३ र ५६ दशमलव ४४ अंकले घटेका छन् ।

नेप्सेमा आज बाराही हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ५९ प्रतिशतले बढेर पाँच सय ५१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता कारोबार भएकोमा हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर छ सय ८० रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी शिवम सिमेन्टको भने प्रतिकित्ता पाँच सय १९ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा छ करोड ७३ लाख ८१ हजार पाँच सय ६९ रुपैंयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया