दुई सय बढी नेपालीले इजरायलबाट स्वदेश फर्किन टिपाए नाम
नेपालखोज
२०८० असोज २३ गते ८:५१

काठमाडौं । इजरायलमा रहेका दुई सय जनाभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेदन दिन नाम टिपाएका छन् । सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ ।
शनिबार बिहान प्यालेस्टाइन विद्रोही हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना नेपाली घाइते भएका थिए । अहिले पनि केही नेपाली सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् ।
नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत प्रारम्भ गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया