मंगलबार, वैशाख १८, २०८१

कविता : म आफैं मृत्युलाई पर्खेर बसेको मान्छे

अर्जुन पराजुली २०८० असोज २३ गते ११:०६

कसैको मृत्यु पनि

कसैका लागि बेच्ने सामान बन्दाेरैछ !

बेच्नका लागि तिम्रा फोटा

टाँगेका छन् सबैले

आ-आफ्ना पसलका भित्तामा

अब

सक्नेले बेच्नेछन-

डलरमा भोटमा !

नसक्नेले बेच्दैछन –

लाइकमा कमेन्टमा !

आँखा चिम्लेर बसेको छ सुनेदेखि

मृत्य बेचेको हेर्न सक्दिन !

म आफैं मृत्युलाई पर्खेर बसेको मान्छे

कसैको मृत्युलाई बेच्न सक्दिन म !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया