करिब छ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने
नेपालखोज
२०८० असोज २३ गते १६:४३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको हो ।
आजदेखि कामपाको वडा नं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना रहेको कामपा कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिए ।
उनका अनुसार आउँदो तीन महिनाभित्र पाँच हजार आठ सयकुकरको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना छ ।
सम्बन्धित

प्रतिक्रिया