मंगलबार, वैशाख १८, २०८१

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अभिमुखीकरण सम्पन्न

नेपालखोज २०८० असोज २३ गते २०:३५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तीन सय भन्दा बढी अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रका अभिकर्ताका लागि असोज २० गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा इन्स्योरेन्सका डेपुटी सीईओ निराजन कँडेलले कम्पनीको प्रगति विवरण, आगामी रणनीति र सुशासनबारे प्रकाश पारेका थिए । कम्पनीका चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठ र सुर्य गुप्ताले अभिकर्तालाई सीप विकास सम्बन्धी तालीम प्रदान गरेका थिए ।

कार्यक्रममा गत आर्थिक वर्ष विभिन्न विधामा उत्कृष्ट कार्य गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । अहिले देशव्यापीरुपमा नै अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया