शनिबार, वैशाख २२, २०८१

एमाले सुदूरपश्चिम नेतृत्व चयनका लागि आज मतदान

नेपालखोज २०८० असोज २४ गते ६:४७

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान आज हुने जनाइएकाे छ । हिजो साँझै हुने भनिएकाे मतदान सम्भव नभएपछि आज हुन लागेको हो । 

निर्वाचन समितिका अनुसार आज बिहान ७ बजेबाट मतदान हुने कार्यतालिका थियो । तर, निर्वाचन समितिले पुनः निर्वाचन कार्यतालिका परिवर्तन गरेको छ । परिवर्तित कार्यतालिका अनुसार दिउँसो १ बजे मतदान हुनेछ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने भएको छ । 

त्यसअघि बिहान ८ बजे उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ । एमाले सुदूरपश्चिमको अध्यक्षका लागि चारजनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया