बिहीबार, जेठ ३, २०८१

पर्यटकको गन्तव्य सहज बनाउन लुम्बिनी सांस्कृतिक नगरमा ‘स्ट्रिट नम्बर’

नेपालखोज २०८० असोज २४ गते ११:३५

रुपन्देही । पर्यटक भित्र्याउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ। पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको नेतृत्वले नगरपालिकाको सडकमा संकेत नम्बर (स्ट्रिट नम्बर) राखेको हो। यो संकेत नम्बरले लुम्बिनी घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटक बाटो थाहा नपाएर अल्मलिनु पर्दैन।

अन्र्तराष्ट्रिय दातृ संस्था युएनडिपी, नेपाल टुरिजम बोर्ड र लुम्बिनी सांस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनी ८० वटा संकेत नम्बर राखिएको छ। सडकमा संकेत नम्बरको उद्घाटन गर्दै नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गरे।

विदेशतिर पर्यटक जाँदा कुन ठाउँ जाने, कहाँ बस्नेजस्ता विषयमा पर्यटकलाई जानकारी दिन संकेत नम्बर राखिएको हुन्छ। लुम्बिनीमा पनि संकेत नम्बर राख्दा आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई सजिलै जानकारी होस् भन्ने उद्देश्यले संकेत नम्बर राखिएको मेयर सजरुद्दिनको भनाइ छ।

‘पालिकाभित्र पर्ने ८० वटा सडक नम्बरिङ गर्ने काम अघि बढेको छ,’ मेयर सजरुद्दिनले भने, ‘यसले पर्यटकलाई गन्तव्य भेट्न सहज बनाउँछ।’

नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले पनि पर्यटकको सहजताका लागि स्ट्रिट नम्बरिङ गरिएको बताईन् । पर्यटन विकासमा नगरले चासो दिएको बताउँदै उनले भनिन्, ‘अब लुम्बिनी आउने पर्यटकले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सिर्जना भएको छ।’

आर्कषणको केन्द्र लुम्बिनीमा पर्यटकलाई गन्तव्यमा पुग्न सहज होस् भनी पहिलो अभ्यास चालिएको प्रमुख बताउनुभयो। बढ्दो सहरीकरणबीच पर्यटका कतै अनावश्यक अल्मलिनु नपरोस् भनी सडकमा संकेत नम्बर राखिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीको भनाइ छ। पर्यटन क्षेत्र प्रवर्द्धनका लागि नगरपालिका सधैँ हातेमालो गर्न तयार रहेको पनि ज्ञवालीले बताए।

यसैगरी पर्यटकको यात्रालाई सहज र सफल बनाउन संकेत नम्बरले महत्वपूर्ण भुमिका खेल्ने युएइनडिपीका सुदीप अर्यालले बताए। पहिलो साझेदारी कार्यक्रमअन्र्तगत संकेत नम्बर राखिएको र थप पर्यटक भित्र्याउन सूचना केन्द्र स्थापनासमेत गरिने अर्यालको भनाइ छ।

प्रतिक्रिया