सोमबार, जेठ ७, २०८१

चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा वृद्धि

नेपालखोज २०८० असोज २४ गते २०:४२

काठमाडाैं । चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ । गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ ।

एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्रा बिक्री ५१ लाख ९० हजार भएको छ । यो यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव आठ प्रतिशत बढी हो । कारहरूको थोक बिक्री सेप्टेम्बरमा मात्र आठ लाख २९ हजार पुगको छ । जुन २३ प्रतिशतले धेरै हो ।

चीनमा उर्जा यात्री कारको निर्यात एक वर्षअघिको तुलनामा एक सय सात प्रतिशतले बढेर ९१ हजार पुगेको । यो कूल कार निर्यातको २५ दशमलव चार प्रतिशतले बढी हो । rss

प्रतिक्रिया