सोमबार, जेठ ७, २०८१

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव

नेपालखोज २०८० असोज २५ गते १६:५९

बर्लिन । हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजराइलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिए । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजराइलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।

ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजराइलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताएका छन् ।

जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताए ।

प्रतिक्रिया