शनिबार, जेठ ५, २०८१

सातामा सात अर्ब चार करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज २६ गते ११:१६

काठमाडौं । यो साता नेप्से १८ सय ७४ दशमलव ६० अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५९ दशमलव १३ अंकमा सिमित भएको छ ।

सातामा दुुई सय ९२ वटा कम्पनीहरुको दुई लाख ६८ हजार नौं सय ९७ पटकको कारोबारमा दुई करोड ५७ लाख २१ हजार आठ सय ५८ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम सात अर्ब चार करोड ३७ लाख ९८ हजार नौं सय ५६ रुपैंयाँ ६१ पैसा पुगेको छ । यो कारोबार रकम गत साताकै हाराहारीमा हो ।

गत साता भने नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको तीन लाख ३२ हजार दुई सय ९७ पटकको कारोबारमा दुई करोड ५३ लाख ५१ हजार आठ सय ५८ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम सात अर्ब छ करोड ३३ लाख ५२ हजार नौं सय ६३ रुपैंयाँ ८१ पैसा पुगेको थियो । यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन लगातार घटेको थियो भने चौंथो दिन बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन ३५ दशमलव ६७ अंकले घटेर १९ सय २१ दशमलव २४ सिमित भएको नेप्से अन्तिम कारोबार दिन २० दशमलव १६ अंकले घटेर १८ सय ७४ दशमलव ६० अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव ७९ अंकले घटेर तीन सय ६७ दशमलव ५७ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन दुई दशमलव ९५ अंकले घटेर तीन सय ५९ दशमलव १३ अंकमा सिमित हुन पुगेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया