शनिबार, असोज १९, २०८१

आईसीसी विश्वकप क्रिकेट : न्यूजिल्याण्डकाे लगातार तेस्रो जित

नेपालखोज २०८० असोज २७ गते ७:२१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । पहिलो खेलमा इंग्ल्याण्डलाई पराजित गरेको न्यूजिल्याण्डले दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गरेको थियो ।

यस्तै आज भएको खेलमा बंगलादेशमाथि ८ विकेटको सहज जित निकालेको हो । बंगलादेशले दिएको २४६ रनको लक्ष्य न्यूजिल्याण्डले ४२।५ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजिल्याण्डलाई सहज जित दिलाउने क्रममा कप्तान केन विलिम्यसनले ७८ रनको पारि खेले ।जितसँगै ३ खेलबाट ६ अंक जोडेको न्यूजिल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया