आइतबार, जेठ ६, २०८१

हमासको आक्रमणबाट कुन देशका कति नागरिक मारिए ?

नेपालखोज २०८० असोज २७ गते १७:१४

काठमाडौं । गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म १३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १०० भन्दा बढी विदेशी छन् ।

२४ देशका नागरिक मारिएको पुष्टि भएको छ। सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । नेपालका पनि १० जना मारिएका छन् ।

जर्मनी, मेक्सिकोका कयौं नागरिकलाई हमासले बन्ध बनाएको खबर छ भने इटली, पाराग्वे, श्रीलंका र तान्जानियाका केही मानिस हराइरहेका छन् । नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको बताइएको छ ।

कुन देशका कति ?

अमेरिका : २७ जना

थाइल्याण्ड : २४ जना

फ्रान्स : १५ जना

नेपाल : १० जना

अर्जेन्टिना : ७ जना

युक्रेन : ७ जना

रुस : ४ जना

ब्रिटेन : ४ जना

चिली : ४ जना

अष्ट्रिया : ३ जना

बेलारुस : ३ जना

फिलिपिन्स : ३ जना

ब्राजिल : २ जना

पेरु : २ जना

रोमानिया  : २ जना

अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विट्जरल्याड, कोलम्बिया र पाराग्वे : १/१ जना

प्रतिक्रिया