शनिबार, जेठ ५, २०८१

२३ अंकले घट्यो नेप्से

नेपालखोज २०८० असोज २९ गते १६:२१

काठमाडौं । नेप्से घटेको छ । साताको दोस्रो कारोबार दिन (कारोबार खुलेको पहिलो दिन) आज सोमबार नेप्से २३ दशमलव १६ अंकले घटेर १८ सय ५१ दशमलव ४३ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले घटेर तीन सय ५५ दशमलव ७४ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ६९ हजार आठ सय ३२ पटकको कारोबारमा ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक नौं दशमलव १० अंकले घटेर ११ सय ७४ दशमलव १७ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक ३४ दशमलव ७० अंकले घटेर ३५ सय ६४ दशमलव ५९ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २० दशमलव ५६ अंकले घटेर १६ सय २१ दशमलव ४१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ३८ अंकले घटेर १९ सय ५४ दशमलव एक अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय सात दशमलव ९१ अंकले घटेर नौं हजार सात सय चार दशमलव छ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि ८९ दशमलव ८३ अंकले घटेर नौं हजार छ सय १३ दशमलव शुन्य दुई अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय दशमलव ३३, शुन्य दशमलव ८३, २९, ५५ दशमलव ३५, शुन्य दशमलव १९, १० दशमलव २६ र ५५ अंकले घटेका छन् ।

नेप्सेमा आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय ५४ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सयपत्री हाईड्रोपावर लिमिटेडको प्र्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर पाँच सय ३८ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज प्रभु बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय आठ रुपैंयाँ अन्तिम मुल्यमा छ करोड २४ लाख ७६ हजार आठ सय ९३ रुपैंयाँ पुगेको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया