सोमबार, वैशाख ३१, २०८१

४३ अंकले बढ्दा ९३ करोडको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक १ गते १५:३७

काठमाडौं । नेप्से पुन बढेको छ । अघिल्लो दिन १३ दशमलव १८ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि ४३ दशमलव २७ अंकले बढेर १९ सय सात दशमलव ८९ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १४ अंकले बढेर तीन सय ६६ दशमलव ९७ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ३१ हजार सात सय ८८ पटकको कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुुचक बढेर नेप्स पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २९ दशमलव २६ अंकले बढेर १२ सय १६ दशमलव ४१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ९८ दशमलव १८ अंकले बढेर तीन हजार छ सय ७२ दशमलव २९ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि २३ दशमलव ९१ अंकले बढेर १६ सय ६६ दशमलव ४१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ९७ अंकले बढेर दुई हजार १९ दशमलव ५२ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि दुई सय २१ दशमलव ६१ अंकले बढेर १० हजार १३ दशमलव ९७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि दुई सय ७४ दशमलव ८४ अंकले बढेर नौं हजार आठ सय ३६ दशमलव २६ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय दुई दशमलव ५५, एक दशमलव ४४, ७९ दशमलव शुन्य नौं, ७८ दशमलव ५३, शुन्य दशमलव शुन्य सात, २४ दशमलव ८१ र ४९ दशमलव ७९ अंकले बढेका छन् ।

नेप्सेमा आज आशा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय २६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ६२ प्रतिशतले घटेर आठ सय ३३ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ ।

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको भने आज चार सय ३४ रुपैंयाँ अन्तिम मुल्यमा चार करोड ४६ लाख चार हजार नौं सय ३५ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया