शनिबार, जेठ ५, २०८१

‘पाँच रुपैयाँको यो प्याजी नोट !’

सुनील उलक २०८० कार्तिक २ गते ७:५८

५ रुपैयाँको यो प्याजी नोट मैले जीवनमा पहिलो पटक देखेको पाँचको नोट हो । एकदमै बाल्यकालमा यो नोटको रङ देखेर नौलो लाग्दथ्यो । सिंहदरवारको आगलागी पछि देशभर आर्थिक सहयोग जुटाउने कार्य भयो । हाम्रो स्कुलमा पनि बिद्यार्थीसंग पैसा उठाउन थाल्यो । घरमा त्यो खबर सुनाए पछी मेरो हातमा पनि यहि नोट बुबाले दिनुभएको थियो जुन मैले स्कुलमा गएर बुझाएको थिए ।

केही पछि ठूलो बुबाले अर्घौमा करिव सय रोपनी जग्गा बेच्नुभएको थियो । वहाँको हातमा हाम्रो लागी बाँड्न यहि नोटको बण्डल लिएर आउनु भएको थियो । हामी दाजुभाइ दिदी बहिनी सबैले यो नोट ठूलो बुबाबाट पाएका थियौ । त्यो बेला नोट भेटिना साथ खर्च गरिहाल्यौ । आज यि नोट भेट्टाउन निकै मुश्किल पर्दछ ।

नेपाल राष्ट्र बैंकको स्थापना पछि पहिलो पटक हिमालय शम्शेर राणा गवर्नर बनेका थिए । वहाँको हस्ताक्षर भएका रु १, रु ५, रु १० र रु १०० का नोट छापिएका थिए । प्याजी रङको यस प्रकारको नोट भने हिमालय शम्शेर राणा, लक्ष्मीनाथ गौतम, भेषबहादुर थापा तथा यादवप्रसाद पंत द्वारा हस्ताक्षरित भएर निस्केका थिए ।

प्रतिक्रिया