शनिबार, जेठ ५, २०८१

नेपालमा कागजी नोट

सुनील उलक २०८० कार्तिक ५ गते ७:१९

नेपालमा कागजी नोट छापिन थालेको पनि ७८ वर्ष पुरा भएको छ । वि. सं. २००२ असोज १ गते नेपालमा पहिलो पटक कागजी नोट प्रचलनमा आएको थियो । सदर मुलुकी खानाबाट खजाञ्ची जनकराज ९पण्डित० को हस्ताक्षर भएको रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भएका थिए । तर थोरैलाई मात्र थाहा होला त्यति बेला खजाञ्चीको रुपमा भरतराज पण्डित पदासिन थिए ।

राजगुरु खलकबाट नै सदर मुलुकी खानाको खजाञ्ची नियुक्ति गरिने हुँदा वि. सं. १९९० मा यसको गठनको समय पण्डित जनकराज पाण्डेलाई सदर मुलुकी खानाको खजाञ्ची नियुक्ति गरिएको थियो । उनकै समयमा कागजी नोट निकाल्ने तैयारी हुँदै थियो । तर बिचैमा मूल राजपुरोहित बन्न नपाएको हुँदा उनले बि।सं। १९९७ मा राजिनामा दिए ।

तर उनको समयमा नै नेपालमा कागजी नोट छाप्ने विषयमा तैयारी हुदै थियो । यसर्थ उनकै सम्मानमा उनकै हस्ताक्षरमा २००२ असोज १ गते रु ५ को २ लाख थान रु ५ को क ०००००१ देखि क २००००० सम्म, रु १० को १ लाख थान क ०००००१ देखि क १००००० सम्म र रु १०० को ५ हजार थान क ०००००१ देखि क ००५००० सम्मको नोट निष्काशन भएको थियो । जनकराजकै हस्ताक्षरित अन्य श्रृंखलाका नोटहरु त्यसपछि बिभिन्न मितिमा निष्काशन भएका थिए । जस अनुसार रु ५ को जम्मा ६ लाख ६० हजार, रु १० को ३ लाख २० हजार र रु १०० को ४५ हजार थान नोट निष्काशन भएको थियो ।

बि।सं। २००४ साल पछि खजाञ्जी भरतराजको हस्ताक्षरमा रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भएको थियो भने २००९ सालबाट नरेन्द्रराजको हस्ताक्षरमा रु १, रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भए । यि सबै नोटहरु भारतको नासिक स्थित क्ष्लमष्ब क्भअगचष्तथ एचभकक मा छापिएका थिए । नासिकमा रहेको इन्डिया सेक्युरिटी प्रेसले कागजी नोटहरु छापे बापतको रु ५ को एक हजार थानको १२ रुपैया ८ पैसा, रु १० को एक हजार थानको १७ रुपैया ८ पैसा र रु १०० को एक हजार थानको ४५ रुपैंया लिएको थियो ।

हुन त धेरैलाई थाहा नहुन सक्छ । तत्कालिन समयमा श्री ३ जुद्ध शम्शेरले कागजी नोट छाप्ने निर्णय लिनुका कारण विश्वमा कागजी नोटहरुको प्रचलन हुन थालेको हुँदा नेपालमा पनि निकाल्नु पर्दछ भनेर निकालेका थिएनन् । चाँदीको सिक्काको बदलामा ठूलो रकमको समेत गरेर कागजी नोट निकाल्नुको खास कारण त्यससमय चाँदीको मुल्य एक्कासी बढ्नु थियो । विश्व नै दोश्रो विश्वयुद्धका कारणले आर्थिक मन्दी झेलिरहेको थियो । यही समय विश्व बजारमा चाँदीको कृत्रिभ अभाव सिर्जना हुँदा चाँदीको मुल्य अकासिन थाल्यो । बि।सं। १९९९ को दशै तिर प्रति किलो २४७ अमेरिकी डलर रहेको चाँदीको मुल्य अचानक बढ्न थाल्यो । चैतमा पुग्दा २८० डलर पुग्यो ।

यसरी विश्व बजारमा चाँदीको मुल्य बढेसंगै भारतीय बजारमा चाँदीको माग निकै बढ्न थाल्यो । नेपालमा छापिएका चाँदीका सिक्का चोरबाटो भएर भारतमा पुग्न थाल्यो । निकै खर्चिएर बनेका चाँदीका सिक्का भारतमा गालेर महंगोमा बेच्न थालियो । यसरी नेपालमा सिक्काको अभाव हुन थाल्यो । त्यसबेला नेपाल सरकारलाई दोहोरो समस्या पर्यो । महंगोमा चाँदी किनेर सिक्का छाप्ने कि अभावमा राख्ने ।

महंगोमा खरिद गरेर सिक्का छापे पनि सिक्का त भारतमा चोरी भएर जाने डर रहने नै भयो । या त सिक्काको तौल कम गरेर पातलो सिक्का छापेर बजार मुल्य भन्दा महंगो बनाउनु पर्यो । यो पनि गर्न सकिदैनथ्यो । एक रुपैयाको सिक्का १ तोलाको हुनुपर्दथ्यो । जसले गर्दा महंगिदै गएको चाँदीबाट सिक्का छाप्नु कठिनाइ हुन थालेपछि बिकल्पमा भारतमा रहेका अंग्रेज भाइसरायसंग सल्लाह गरि श्री ३ जुद्धशमशेरले भारतमा नै कागजी नोट छाप्ने योजना बनाएका थिए ।

बि।सं। २००० को असोजमा बेलायती राजदूत मार्फत पठाइएको पत्रमा पचास लाख रुपैया बराबरको ९रु ५ को १५ लाख रुपैया बराबर, रु १० को रु १५ लाख रुपैया बराबर र रु १०० को २० लाख रुपैया बराबर० छिट्टै छापिदिन अनुरोध गरिएको थियो । भारतको नासिकमा रहेक सेक्युरिटी प्रेसले पुससम्ममा नोटको डिजाइन बनाएर पठाइसकेका थिए । तर नेपालमा डिजाइन स्विकृत गर्न तथा कुन खजाञ्चीको हस्ताक्षर गर्ने भन्ने निर्णय लिन ढिला हुँदा नोट बल्ल २००१ को माघमा छाप्न थालियो । यसरी ढिलो छापिएका नोटहरु २००२ साल भदौ ८ गते नेपाल सरकारलाई पठाइएको थियो ।

२००२ को भदौ ३० गते गोरखापत्र मार्फत सर्वसाधारणलाई कागजी नोट निष्काशनको जानकारी दिएको थियो । यसरी २००२ को असोज १ गते नेपाल सरकारले सर्वसाधारणका लागि पहिलो पटक कागजी नोटहरुको निष्काशन गर्न सफल भयो । यसरी निष्काशन भएका कागजी नोटहरुको छपाइ शुल्क रु १४७७५, खजाञ्ची भरतराजले भारतीय सेक्युरिटी प्रिन्टिङ प्रेसलाई असोज २६ गते पठाएका थिए ।

सधै चाँदीको सिक्का बोकेर छनछन गर्दै हिड्न बानी परेका नेपालीहरुले कागजका नोटहरु सहजै स्विकार गर्न नै सकेन । सरकारले तलवहरु कागजी नोटबाट नै दिन थाल्यो । बिस्तारै शहर बजारमा कागजी नोट स्विकार गर्न थाले पनि ग्रामिण इलाकामा भने कागजी नोट स्विकार गर्न निकै समय लाग्यो । भारतीय सिमा नौटनवा हुँदै अन्नपूर्ण हिमाल आरोहणका लागि आएका मोरिस हर्जोग र उनको टिमले भरियाहरुलाई पैसा तिर्न भारतीय रुपैयाको सहारा लिएका थिए ।

एडमण्ड हिलारीले भरियाहरुका लागि पैसा तिर्न काठमाडौबाट नै १२ जना भरिया बराबर सिक्का बोकाएर लगेका थिए । भरियाहरुले कागजी नोट लिन अस्विकार गर्दा सिक्काकै ब्यबस्था मिलाएर एडमण्ड हिलारीको टोली सगरमाथा आरोहणका लागि गएका थिए ।

प्रतिक्रिया