बिहीबार, वैशाख २०, २०८१

बलिउड : यी क्राइम थ्रिलर चलचित्र र वेब सिरिज जसले घुमाउँछ दिमाग

नेपालखोज २०८० कार्तिक ८ गते ७:४०

यदि तपाइँ क्राइम थ्रिलर वेब सिरिज तथा चलचित्रहरू हेर्न मन पराउनुहुन्छ भने तपाइँ ओटिटी ९इत्त्० मा यस्ता धेरै वेब सिरिज तथा(चलचित्रहरू उपलब्ध छन् । नेटफ्लिक्स ९ल्भताष्हि ० मा यस्ता धेरै उत्कृष्ट अपराध थ्रिलर आधारित श्रृंखला तथा चलचित्रहरू छन् ।

दिल्ली क्राइम

अभिनेत्री शेफाली शर्माको शक्तिशाली वेब सिरिज ‘दिल्ली क्राइम’ ओटिटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सकिन्छ । यो सिरिजको कथा र स्टारकास्ट दुवैलाई दर्शकले निकै रुचाएका छन् । यो एउटा लोकप्रिय अपराध थ्रिलर वेब श्रृंखला हो । यो सिरिजको दुई सिजन आइसकेको छ । पहिलो सिजनमा निर्भया केस र दोस्रो सिजनमा कच्छा बनियान गिरोहको अपराध कथा प्रस्तुत गरिएको थियो ।

द नाइट म्यानेजर

आदित्य रोय कपुर स्टारर वेब सिरिज ‘द नाइट म्यानेजर’ ओटिटी प्लेटफर्म डिज्नी प्लस हटस्टार ९ म्ष्कलभथ ं ज्यतकतबच ० मा हेर्न सकिन्छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको श्रृंखला हो । यो सिरिजको दुई सिजन रिलिज भैसकेको छ । द नाइट म्यानेजर शृङ्खलामा सबै पात्रले दमदार अभिनय गरेका छन् । यो सिरिजलाई सन्दीप मोदी तथा प्रियंका घोषले संयुक्त रुपमा निर्देशन गरेका हुन् । सिरिजमा अनिल कपूर, आदित्य रोय कपुर, शोभिता धुलिपाला, तिलोत्तमा शोम, शाश्वता चटर्जी र रवि बहलको अभिनय छ।

फर्जी

अमेजन प्राइम भिडियोमा शाहिद कपूर, विजय सेतुपति, राशि खन्ना स्टारर ‘फर्जी’ वेब सिरिज हेर्न सकिन्छ। शाहिद कपूरले अपराधीको भूमिका निभाएको यो सिरिजमा सेतुपति पुलिसको भूमिकामा देखिएका थिए । फर्जीमा शाहिद र विजय सेतुपतिका अतिरिक्त राशि खन्ना, के के मेनन, रेजिना क्यासान्ड्रा, जाकिर हुसेन, भुवन अरोरा, अमोल पालेकर तथा कुब्ब्रा सैतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

केरला क्राइम फाइल्स

यसको कथा एक हत्या प्रकरण र ६ प्रहरीको टिममा आधारित छ। यो सिरिज डिज्नी प्लस हटस्टारमा फेला पार्नसकिन्छ ।

स्कूप

स्कूप को कथा मिड डे रिपोर्टर ज्योतिर्मय डेको हत्या अभियोगमा परेकी अपराध पत्रकार जिग्ना भोराको जीवन वरिपरि घुमेको छ । यो शृङ्खला नेटफ्लिक्समा हेर्न सकिन्छ । यसमा करिश्मा तन्ना, मोहम्मद जिशान अयुब, हरमन बावेजा मुख्य भूमिकामा छन्।

सिटाडेल

अमेजन प्राइम भिडियोमा प्रियंका चोपडा जोनासको क्राइम थ्रिलर वेब सिरिज ‘सिटाडेल’ हेर्न सकिन्छ । यो शोमा प्रियंका र रिचर्ड दुवै एजेन्टको भूमिकामा छन् । सिटाडेल श्रृंखलाको भारतीय रिमेकमा वरुण धवन र सामन्था रुथ प्रभु मुख्य भूमिकामा छन्।

प्रतिक्रिया