सोमबार, वैशाख ३१, २०८१

२८ अंकले नेप्से घट्दा ७४ करोडको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक १२ गते १५:४२

काठमाडौं । दशैंको लामो बिदापछि आज पहिलो दिन खुलेको नेप्से उच्च अंकले घटेको छ । नेप्से आज आईतबार २८ दशमलव १८ अंकले घटेर १८ सय ७५ दशमलव ६५ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १६ अंकले घटेर तीन सय ६१ दशमलव ९४ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८३ वटा कम्पनीहरुको ३४ हजार ९० पटकको कारोबारमा २७ लाख १२ हजार एक सय २३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव चार अंकले घटेर १२ सय दशमलव ५७ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक पनि ५५ दशमलव ४८ अंकले घटेर तीन हजार छ सय सात दशमलव ५४ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २५ दशमलव ५३ अंकले घटेर १६ सय २७ दशमलव ७३ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव २३ अंकले घटेर १९ सय ७० दशमलव ७८ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दशमलव १२ अंकले घटेर नौं हजार सात सय ८१ दशमलव ८९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९२ दशमलव ७२ अंकले घटेर नौं हजार छ सय एक दशमलव २१ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय २८ दशमलव १०, एक दशमलव शुन्य सात, ५८ दशमलव १६, ३४ दशमलव ११, शुन्य दशमलव १७, १३ दशमलव ६७ र ७५ दशमलव एक अंकले घटेका छन् ।

नेप्सेमा आज अपर सोलु हाईड्रो इलेक्ट्रीसिटी कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ९९ प्रतिशतले बढेर दुई सय ६९ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुुदा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर तीन सय १५ रुपैैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता एक सय २९ रुपैंयाँ अन्तिम मुल्यमा चार करोड आठ लाख ५६ हजार तीन सय १५ रुपैंयाँको सेयर किनबेच भएको छ । यो कारोबार भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया