शनिबार, जेठ ५, २०८१

डिशहोमले गर्याे फाईबर नेटको अफर अवधि थप

नेपालखोज २०८० कार्तिक १३ गते १३:२८

काठमाडौं । डिशहोमले फाईबर नेटको अफर अवधि थप गरेको छ । बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो

अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने थिए । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने थिए ।

उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेज अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर तीन गते सम्मका लागि थप गरेको जनाएको छ ।

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।

चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।

प्रतिक्रिया