मंगलबार, जेठ ८, २०८१

आज हेलोविन पर्व

नेपालखोज २०८० कार्तिक १४ गते ११:०५

आज अक्टोबर ३१ का दिन  संसारका धेरै भागमा हेलोवीन पर्व मनाइनदैछ । यो रमाइलो पर्व हो । डरलाग्दा क्यारेक्टरहरूका फेन्सी लुगाहरू लगाएर रमाइलो गर्नु , खानु – पिउनु अनि पुरै बच्चा जस्तो हुनु यो पर्वको विशेषता हो ।

हेलोवीन धेरै पुरानो चाड हो । यसको जरा सेल्ट सँग जोडिएको छ । युरोपका केही जनजाति थिए जसको भाषा, परम्परा, धार्मिक विश्वास र संस्कृति समान थियो । यी जनजातिहरू फलाम युगमा बाँचे र पछि युरोपका विभिन्न भागमा फैलिए ।

ईसापूर्व तेस्रो शताब्दीमा, उनीहरूको आल्प्स पर्वत श्रृंखलाको ठूलो उत्तरी भागमा नियन्त्रण थियो। यसमा आयरल्याण्ड र बेलायत पनि पर्छन् । तिनको एउटा उत्सव थियो –  सवेन । यो घट्दो गर्मीको चाड थियो, जसमा नयाँ फसलको उत्सव मनाइन्थ्यो ।

यसमा मानिसहरू आगो ताप्ने र अनौठो पोशाक लगाउने काम गर्थे । यो मनमोहक पहिरन र सजावटको पछाडि यतिबेला  दुष्ट शक्तिहरू पृथ्वीमा घुम्छन् भन्ने विश्वासले काम गरेको थियो। यस्तो अवस्थामा सेल्टहरू विभिन्न भेषमा घुम्ने गर्थे, ताकि दुष्ट शक्तिहरूले उनीहरूलाई चिन्न वा हानि पुर्याउनु नसकुन ।

त्यसपछि ८ औं शताब्दीमा पोपले सन्तहरूको सम्मानमा नोभेम्बर १ लाई  सन्त दिवसका रूपमा तोके। चाँडै नै सुभेनको परम्परा यसमा जोडियो र यसलाई All Hallows Eve भनिन्छ। पछि गएर यो हेलोवीनको रूपमा लोकप्रिय भयो।

हेलोवीन परम्परामा फर्सिको विशेष स्थान छ। पश्चिमी देशहरूमा फर्सि शरद ऋतुको आगमनसँग सम्बन्धित छ। सूप जस्ता कैयन व्यंजनमा फर्सिको गुदि प्रयोग गरिन्छ ।

विशेष मसला मिसाएर फर्सिको सूप पिउँदा बदलिँदो मौसममा शरीरलाई न्यानो न्यानो मिल्ने जनविश्वास छ । खोक्रो फर्सिलाई विभिन्न किसिमले सजावट गरिन्छ। यो पनि हेलोवीनको रमाइलो र आनन्द हो जसले यसलाई युरोपको सिमाना बाहिर पनि लोकप्रिय बनाएको छ ।

यो संस्कृतिको एउटा हिस्सा बनिसकेको छ । जे होस् संसारका चाडपर्वहरू सामुहिक हुन् र यीनको साझापन बिस्तार हुँदैछ । यसमा कतिपय चाडपर्व पुस्तौदेखि हामीसँग छन्, कतिपय सांस्कृतिक लेनदेनबाट हामीसम्म आइपुगेका छन् । सबैलाई हेलोवीनको शुभकामना!

प्रतिक्रिया