सोमबार, वैशाख ३१, २०८१

१४ अंकले घट्दा ५७ करोडको सेयर कारोबार

नेपालखोज २०८० कार्तिक १४ गते १५:२४

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव चार अंकले बढेको नेप्से आज भने १४ दशमलव २९ अंकले घटेर १८ सय ६४ दशमलव ४० अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३४ अंकले बढेर तीन सय ६० दशमलव ७८ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको २५ हजार छ सय २५ पटकको कारोबारमा २२ लाख ५८ हजार एक सय ८७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ९१ अंकले घटेर ११ सय ९२ दशमलव २४ अंकमा झरेकोमा विकास बैंक समुहको सुुचक पनि ३१ दशमलव शुन्य एक अंकले घटेर तीन हजार छ सय तीन दशमलव ५६ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि १३ दशमलव शुन्य आठ अंकले घटेर १६ सय २८ दशमलव ३० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ५१ अंकले घटेर १९ सय ५९ दशमलव ४७ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ४३ दशमलव ३३ अंकले घटेर नौं हजार छ सय ६५ दशमलव ४९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव ४८ अंकले घटेर नौं हजार छ सय २५ दशमलव ९४ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः २५ दशमलव ५४, शुन्य दशमलव ३९, ३१ दशमलव १३, २९ दशमलव ७९, शुन्य दशमलव शुन्य छ, तीन दशमलव ६७ र आठ दशमलव शुन्य आठ अंकले घटेका छन् ।

नेप्सेमा आज महुली लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव पाँच प्रतिशतले बढेर सात सय ७१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले घटेर दुई सय ५५ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ८० रुपैंयाँ अन्तिम मुल्यमा एक करोड ७० लाख ११ हजार चार सय ८७ रुपैंयाँ ९० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया