आइतबार, जेठ ६, २०८१

आईसीसी विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै

नेपालखोज २०८० कार्तिक १५ गते ७:५३

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै छन् । नेपाली समय अनुसार खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा सवा २ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा छ ।एकदिवसीय विश्वकपमा दुई टोलीबीच हालसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले दुईमा जित निकालेको छ ।

दक्षिण अफ्रिकाले पछिल्लो ५ विश्वकपमा न्युजिल्याण्डसँग खेलेका सबै खेलमा हार बेहोरेको छ । एकदिवसीय क्रिकेटको इतिहासमा दक्षिण अफ्रिकाविरुद्ध पनि न्युजिल्याण्ड अगाडि छ ।

प्रतिक्रिया