मंगलबार, वैशाख १८, २०८१

विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया निर्देशकमा वाजेद चयन

नेपालखोज २०८० कार्तिक १५ गते १८:३१

नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ ।

उनी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । वाजेदमाथि उक्त पदमा मनोनीत हुनका लागि आफ्नी आमाको शक्तिप्रयोग गरेको आरोप लागेको छ । उनले आरोपको खण्डन गर्दै आएकी छिन् ।

बङ्गलादेश (जहाँ तीन महिनाभित्र आम चुनाव हुनेछ)मा हसिनाका धेरै समर्थकले वाजेदलाई आफ्नी आमाको सम्भावित उत्तराधिकारीको रूपमा हेर्छन् । वाजेदको मनोनयनलाई जनवरीमा डब्लुएचओको शीर्ष बोर्डले अनुमोदन गर्नुपर्नेछ ।

प्रतिक्रिया