आइतबार, जेठ ६, २०८१

आईसीसी टी-२० विश्वकप एसिया छनोट : नेपालले टस जितेर फिल्डिङ राेज्याे

नेपालखोज २०८० कार्तिक १६ गते ८:३८

काठमाडौं ।  आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ राेजेकाे हाे । नेपाल र ओमानबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएके थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

फाइल तस्बिर

प्रतिक्रिया