बिहीबार, वैशाख २०, २०८१

मिस गुरुङको ग्रयान्ड फिनाले कार्तिक २४ गते राष्ट्रिय सभा गृहमा हुने

नेपालखोज २०८० कार्तिक १६ गते १२:०८

काठमाडौं । मिस गुरुङ इन्टरनेसनलको पाँचौँ संस्करणको ग्रयान्ड फिनाले राष्ट्रिय सभा गृहमा हुने भएकाे छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्तिक २४ गते फिनाले हुन लागेकाे हाे ।

गुरुङ समुदायको कला, भाषा, वेशभूषा तथा संस्कृतिको जगेर्नाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेसनलको आयोजक मृगतृष्णा फेसन हाउसले बताएकाे छ ।

मिस गुरुङ इन्टरनेसनल पाँचौँ संस्करणमा सहभागी प्रतियोगीलाई वर्षभरि नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियोलगायत व्यावसायिक गतिविधिमा अवसर दिने आयोजकले जनाएको छ ।

उपाधि विजेताले नगद पुरस्कारसहित अस्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउनेछन् । मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले पाँच लाख बराबरकाे पुरष्कार , मिस पपुलर अवार्ड विजेताले तीन लाख बराबर तथा फर्स्ट रनरअपले दुई लाख बराबर , सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार बराबरकाे विभिन्न पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको अनलाइन भोटिङ पाटर्नर ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता व्यवस्थापन बी एन्ड बी इभेन्ट मानियाले गरिरहेको छ ।

प्रतिक्रिया