मंगलबार, वैशाख १८, २०८१

रणनीतिक सीमावर्ती सहरमा नियन्त्रण गुमाएको म्यान्मा सेनाको भनाइ

नेपालखोज २०८० कार्तिक १६ गते १३:४४

याङ्गुन । तीन जातीय सशस्त्र समूहसँग धेरै दिनको झडपपछि म्यान्माको सेनाले चिनियाँ सीमामा रहेको एक रणनीतिक उत्तरी सहरमाथि नियन्त्रण गुमाएको सेनाका एक प्रवक्ताले बताएका छन् ।

‘चीनको युनान प्रान्तको सीमामा रहेको चिनेश्वेहा सहरमा सरकार, प्रशासनिक निकाय र सुरक्षा निकाय अब छैनन्’, बुधबार राति जाव मिन तुनले एक विज्ञप्तिमा भने ।

म्यान्माको उत्तरी राज्य शानको एउटा ठूलो भागमा शुक्रबारदेखि लडाइँ सुरु भएको छ । त्यहाँ चीनको बेल्ट एन्ड रोड ग्लोबल इन्फ्रास्ट्रक्चर परियोजनाअन्तर्गत एक अर्ब डलरको रेल लिङ्कको योजना बनाइएको छ ।

ता’आङ नेसनल लिबरेसन आर्मी (टीएनएलए), आराकान आर्मी (एए) र म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) ले म्यान्माको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने थुप्रै सैन्य चौकी र प्रमुख सडकहरूमाथि कब्जा गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले हजारौँ मानिस विस्थापित भएको र केही मानिस सीमा पार गरेर चीनमा भागेको भन्दै चिन्ता व्यक्त गरेको छ । यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म चीनसँग म्यान्माको एक अर्ब ८० करोड अमेरिकी डलरको सीमा व्यापारको एक चौथाईभन्दा धेरै हिस्सा चिनेश्वेहा सहरमार्फत भएको थियो ।

प्रतिक्रिया