मंगलबार, वैशाख १८, २०८१

भारतको बिहारमा डुङ्गा पल्टिँदा दुईको मृत्यु

नेपालखोज २०८० कार्तिक १६ गते १४:४३

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनुका साथै सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।

‘बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ’, सारणका जिल्ला अधिकारी अमन समिरले भने, ‘पौडी खेलर बचेका १० जना सुरक्षित छन् ।’

डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएको छ ।

प्रतिक्रिया