सोमबार, वैशाख २४, २०८१

नेपाल र युएईबीचको सेमिफाइनल सकभर घरमै बसेर हेर्न क्यानको आग्रह

नेपालखोज २०८० कार्तिक १६ गते १७:२४

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटको सेफिाइनल खेल भोलि हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेको छ ।

भोलि मुलपानी क्रिकेट मैदानमा हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न क्यानले आग्रह गरेको हो । क्यानले अनलाइनबाट ३५०० टिकट मात्र विक्री गरिने बताएको छ ।

आज एक सूचना जारी गर्दै मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूए बीच सेमिफाइनल खेलको लागि मात्र ३५ सय टिकट अनलाइन मार्फत आइएमई पे एपबाट काट्न सकिने जनाएको छ ।

मैदानमा टिकट बुथ नभएकाले निश्चित सङ्ख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट अनलाइन मार्फत काट्न अनुरोध गरेको छ ।

प्रतिक्रिया