सोमबार, वैशाख २४, २०८१

विश्वकपबाट साविक विजेता इंग्ल्याण्ड बाहिरियाे

नेपालखोज २०८० कार्तिक १९ गते ६:११

काठमाडाैं । भारतमा जारी एकदिवसीय विश्वकपबाट साविक विजेता इंग्ल्याण्ड बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हिजाे भएको खेलमा अस्ट्रेलियासँग इंग्ल्याण्ड ३३ रनले पराजित भएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८६ रन बनाएको थियो भने टोलीका लागि मार्नस लाबुस्चेनले सर्वाधिक ७१ रन बनाएका थिए । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४८.१ ओभरमा २५३ रनमा अलआउट भएको थियो ।

इंग्ल्याण्ड ७ खेलमा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्याण्ड र पाकिस्तानसँग २ खेल खेल्न बाँकी छ । यी जितपछि पनि उसको ६ अंक मात्र हुनेछ, जुन सेमिफाइनल पुग्न पर्याप्त छैन ।

अर्कोतर्फ इंग्ल्याण्डलाई हराएपछि अष्ट्रेलियाले ७ खेलमा ५ जित हात पार्दै १० अंक जोडेको छ । टोली अंक तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान र बंगलादेशसँग २ खेल बाँकी छ, एक खेल पनि जितेमा टोली सेमिफाइनल पुग्ने छ ।

प्रतिक्रिया