मंगलबार, जेठ ८, २०८१

रूसको कुल गार्हस्थ्य उत्पादन तीन प्रतिशतले वृद्धि हुने पुटिनको दावी

नेपालखोज २०८० कार्तिक १९ गते १०:२६

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तीन प्रतिशतले वृद्धि हुने दावी गरेका छन् ।

‘यस वर्ष हाम्रो कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर २.८ देखि २.९ प्रतिशत वा ३ प्रतिशतसम्म पुग्नेछ,’ रूसी महासङ्घको आठौं सिभिक चेम्बरका सदस्यहरू र क्षेत्रीय नागरिक चेम्बरका प्रमुखहरूसँगको भेटमा उनले भने ।

पुटिनले युरोपका अग्रणी अर्थतन्त्रहरू धराशायी हुने उल्लेख गर्दै यी अर्थतन्त्रहरू अहिले समस्यामा रहेको र चुनौतीहरूको सामना गरिरहेको दावी गरे । उनले पुटिनले रूस ‘आर्थिक, सैन्य, आन्तरिक र राजनीतिक रूपमा’ बलियो हुँदै जाँदा देश विश्व संगठनबाट बाहिरिने सम्भावना कम रहेको बताए ।

प्रतिक्रिया