सोमबार, वैशाख ३१, २०८१

२१ अंकले घट्दा ९७ करोड २३ लाखको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक १९ गते १५:४३

काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज २१ दशमलव ४६ अंकले घटेर १८ सय २६ दशमलव २३ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज पाँच दशमलव ३६ अंकले घटेर तीन सय ५२ दशमलव ३९ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरुको ३९ हजार तीन सय २२ पटकको कारोबारमा ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक १८ दशमलव ७६ अंकले बढेर ४८ सय ६६ दशमलव १५ अंकमा चढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ८२ अंकले घटेर ११ सय ६३ दशमलव ६७ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक ५६ दशमलव ६८ अंकले घटेर तीन हजार पाँच सय १८ दशमलव १६ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि १७ दशमलव ३४ अंकले घटेर १५ सय ८७ दशमलव ६६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ५५ अंकले घटेर १९ सय सात दशमलव १० अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव ३५ अंकले घटेर नौं हजार पाँच सय २४ दशमलव ८७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव १८ अंकले घटेर नौं हजार तीन सय ८७ दशमलव ४७ अंकमा झरेको छ ।

यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ७५, ६४ दशमलव ६९, ३४ दशमलव १५, शुन्य दशमलव १७, १० दशमलव ५२ र ५५ दशमलव शुन्य एक अंकले घटेका छन् ।

नेप्सेमा आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ९७ प्रतिशतले बढेर छ सय १४ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर तीन सय ८६ रुपैंंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता तीन सय सय सात रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा चार करोड ६० लाख ८० हजार रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया