सोमबार, वैशाख ३१, २०८१

२१ अंकले बढ्दा ९३ करोड ८९ लाखको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक २० गते १५:२७

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २१ दशमलव ४६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २१ दशमलव ३० अंकले बढेर १८ सय ४७ दशमलव ५४ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३३ अंकले बढेर तीन सय ५५ दशमलव ७३ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ८३ वटा कम्पनीहरुको ४७ हजार दुई सय ३१ पटकको कारोबारमा ३५ लाख ५५ हजार छ सय ७० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९३ करोड ८९ लाख २९ हजार ४० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा वाणिज्य बैंक समुहको सुचक छ दशमलव ३९ अंकले बढेर ११ सय ७० दशमलव शुन्य छ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ४२ दशमलव ७९ अंकले बढेर तीन हजार पाँच सय ६० दशमलव ९५ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि १३ दशमलव १४ अंकले बढेर १६ सय दशमलव ८१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २५ दशमलव ७९ अंकले बढेर १९ सय ३२ दशमलव ९० अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ६१ अंकले बढेर नौं हजार छ सय ३८ दशमलव ४८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २१ दशमलव ५५ अंकले बढेर नौं हजार छ सय नौं दशमलव शुन्य दुई अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य, र ट्रेडिङ समुहको सुचक पनि क्रमशः एक सय ८१ दशमलव ६५, शुन्य दशमलव ८८, ६६ दशमलव ६२, नौं दशमलव शुन्य दुई, २६ दशमलव ९७ र ६९ दशमलव ७९ अंकले बढेका छन् ।

नेप्सेमा आज हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर तीन सय ६५ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार दशमलव २८ प्रतिशतले घटेर छ सय ३७ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोल्टी होटल लिमिटेडको भने आज प्रतिकित्ता चार सय २८ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा छ करोड ४३ लाख २० हजार नौं सय १० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्येमा रकम कारोबारका आधारमा सबै भन्दा बढी हो ।

प्रतिक्रिया