शुक्रबार, जेठ ४, २०८१

अफगानी आप्रवासीसँग उचित व्यवहार गर्न आग्रह

नेपालखोज २०८० कार्तिक २२ गते ९:०६

तालिबानका कार्यवाहक उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले इस्लामाबादलाई अफगान आप्रवासीसँग उचित व्यवहार गर्न आग्रह गरेका छन् । उनले अफगानीहरूलाई पाकिस्तानले गरेको व्यवहारविरुद्धमा प्रतिक्रिया जनाउन बाध्य नपार्न चेतावनी दिएका छन् ।

‘अफगानिस्तानको भावी आर्थिक विकास’ विषयक बैठकमा स्टानिकजाईले अफगानीहरूको प्रतिक्रिया इतिहासमा रेकर्ड गरिएको र अहिले अफगानिस्तानसँग बलियो प्रतिरक्षा बल र प्रशस्त हतियार रहेको चेतावनी दिएको छ ।

उनले अफगान आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तानको कदम त्यहाँको अन्तरिम सरकारको एकपक्षीय निर्णय भएको बताएको टोलो न्यूजले लेखेको छ । उपविदेशमन्त्रीका अनुसार पाकिस्तानी सैनिकहरूले अफगानिस्तानबाट देश निकाला गर्ने क्रममा अफगान आप्रवासीहरूको सम्पत्ति लुट्दै आएका छन् ।

तालिवान अधिकारीका अनुसार पाकिस्तानले अफगान आप्रवासीहरूको बहिर्गमनका लागि संयुक्त राष्ट्रसङ्घ र विश्वको मागलाई बेवास्ता गरेको छ, जबकि उसले वर्षौंदेखि यी आप्रवासीहरूबाट पैसा र उच्च सुविधाहरू कमाइरहेको छ ।

कोश टेपा नहर निर्माणको सन्दर्भमा उपविदेशमन्त्रीले अफगानिस्तानका छिमेकीहरूलाई अमु नदीमा उनीहरूको पानीको अधिकारको सम्मान गरिएको बताएका टोलो न्यूजले लेखेको छ । उले तालिबान देशको पानी नियन्त्रण गर्न कटिबद्ध रहेको तर छिमेकीलाई नष्ट गर्ने वा क्षति पुर्याउने कुनै योजना नरहेको बताए ।

कान्दाहार प्रान्तको शरणार्थी तथा प्रत्यावर्तन विभागको जानकारीअनुसार पछिल्लो पाँच दिनमा ३१ हजार ५४७ जना पुगेको ४ हजार ५३३ परिवार पाकिस्तानबाट फर्केका छन् । पाकिस्तानको कामचलाउ सरकारले अक्टोबर ३१ मा अफगानी शरणार्थीलाई देश छोड्ने समयसीमा तोकेको छ ।

उक्त समयसीमामा करिब २० लाख अफगानी शरणार्थीलाई पाकिस्तान छोड्न वा जबर्जस्ती निर्वासनको सामना गर्न भनिएको थियो । द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानले आफ्नो निर्णय कुनै कानुनी कागजात नभएकाहरूलाई फिर्ता पठाउनका लागि मात्र लक्षित गरिएको बताएको छ, यद्यपि तालिबानले इस्लामाबादलाई शरणार्थीहरूलाई उत्पीडन गरेको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार आइतबार छ हजार ५०० भन्दा बढी अफगानिस्तानी नागरिक तोर्खाम नाका हुँदै पाकिस्तानबाट बाहिरिएका छन् । यद्यपि, आतङ्कवाद अझै पनि एक निरन्तर चुनौतीको रूपमा रहेको छ र पाकिस्तानले आतङ्कवादको प्रभावकारी रूपमा सामना गर्न असमर्थ भएकोले, पाकिस्तानी सरकारले अब कमजोर अफगान शरणार्थी जनसङ्ख्यातर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ ।

स्वेच्छिक स्वदेश फिर्तीका साथै सानातिना अपराधमा संलग्न भएको आरोपमा जेलमा रहेका अफगानी नागरिकलाई पनि देश निकाला गरिएको सरकारी दस्तावेजलाई उद्धृत गर्दै ‘डन’ले जनाएको छ ।

प्रतिक्रिया