सोमबार, वैशाख १७, २०८१

केहि रोचक तथ्यहरु

नेपालखोज २०८० कार्तिक २२ गते ११:५४

१. शुद्ध पानी

यदि संसारका सबै मानिसलाई स्वच्छ र शुद्ध पानीको व्यवस्था गर्ने हो भने संसारका ८० % बिमार हटेर जानेछन् ।

२. दशमलव

ईसा पूर्व छैटौँ शताब्दीतिर चिनियाँहरूले सबैभन्दा पहिला दशमलव प्रयोग गरेका थिए ।

३. खैरो भालु

रसियाको राष्ट्रिय जनावर खैरो भालु (Brown Bear) हो ।

४. काममा समय

संसारमा सबैभन्दा बढी काम गर्नमा समय बिताउने जापानीहरु हुन् । उनीहरू एक वर्षमा २१०० घण्टा समय काममै बिताउँछन् । दोस्रोमा जर्मन र अमेरिकीहरू पर्छन् । उनीहरूले वर्षमा १९०० घण्टा समय काममा बिताउँछन् । तेस्रोमा फ्रान्सेलीहरू पर्छन् । उनीहरू १६०० घण्टा काममै बिताउँछन् ।

५. जङ्गल

मलेसियाको १० हेक्टर जङ्गलमा ७५० प्रजातिका रुख पाइन्छन् भने उत्तर अमेरिकाभर ७०० प्रजातिका मात्र रुख पाइन्छन् ।

साभार : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रतिक्रिया