जर्मनीले सङ्कटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत दिने घोषणा
नेपालखोज
२०८० कार्तिक २३ गते २०:१२
बर्लिन । जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ । बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो । आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन् ।
चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे भन्नुभयो, “सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर छ ।
यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्नेछ ।” सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत कर हालको १.५३७ सेन्ट प्रति किलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रति किलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ । रासस
सम्बन्धित
प्रतिक्रिया