बिहीबार, वैशाख २०, २०८१

म्याक एडब्लु र टाइटानियम ल्युब्रिकेन्टस् सार्वजनिक

नेपालखोज २०८० कार्तिक २३ गते २०:२४

काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्टस्को नेपालका लागि आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रा. लि.ले म्याकका नयाँ दुई प्रोडक्ट नेपालमा सार्वजानिक गरेको छ ।

म्याक लुब्रिकेन्टस्सँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमाकम्पनीले म्याक एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको हो ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक पि सुधाहर, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ लगायतको उपस्थितिमा सो उत्पादनमा नेपालमा सार्वजानिक गरिएको हो । यस्तै कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र सिप्रदी टे«डिङ्ग प्रा. लि.का प्रतिनिधिहरुद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो ।

आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने बताईएको छ । कार्यक्रममा नेपालभरी रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया