बिहीबार, वैशाख २०, २०८१

बौद्धिक सम्पत्ति संरक्षणबारे चेम्बरले दियो युवा व्यवसायीलाई प्रशिक्षण

नेपालखोज २०८० कार्तिक २४ गते १३:२१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ ।

मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहिबार आयोजना गरिएको प्रशिक्षणमा करिव ३ दर्जन युवा उद्यमीले सहभागिता जनाएका थिए ।

बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिए ।

बौद्धिक सम्पत्तिका धनीको कानूनी व्यवस्था, राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरुलाई प्रशिक्षण दिईएको अध्यक्ष राजेन्द्र मल्लले बताए । बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सवै सचेत हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको हो । नेपालमा वि.सं १९९३ साल देखि नै पेटेन्ट, डिजाईन र ट्रेडमार्क कानून प्रचलनमा आएको हो । नेपाल चेम्बर अफ कमर्सले पनि बौद्धिक सम्पत्ति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया