बुधबार, जेठ ९, २०८१

युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

नेपालखोज २०८० कार्तिक २४ गते १४:३४

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गरेको क्रेमलिनले शुक्रबार बताएको छ । एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो उनको दोस्रो भ्रमण हो ।

बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ–अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गरेको क्रेमिलनले विज्ञप्तिमार्फत जनाएको छ । उनीसँग रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा सैन्य अपरेसनका कमान्डर भालेरी गेरासिमोभ पनि थिए ।

मुख्यालयमा राष्ट्रपति पुटिनलाई नयाँ सैन्य उपकरण देखाइएको र युक्रेनमा सैन्य अपरेसनका बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ । पुटिन अन्तिम पटक अक्टोबरको अन्त्यमा रोस्तोभ–अन–डनमा थिई । त्यहाँ उनले क्रेमलिनले युक्रेन विशेष सैन्य अपरेसनलाई के भन्छ भन्नेबारेमा सैन्य अधिकारीहरूसँग कुराकानी गरेका थिए ।

प्रतिक्रिया