बिहीबार, वैशाख २०, २०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८० कार्तिक २४ गते १५:३९

काठमाडौं । प्यूठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माण्डवी गाउँपालिका–४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती महिलालाई बिवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया