बिहीबार, वैशाख २०, २०८१

पाँच सय दरका २० थान नक्कली नोटसहित पक्राउ

नेपालखोज २०८० कार्तिक २४ गते १६:४३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया