मंगलबार, जेठ ८, २०८१

इरानी जेलमा रहेका नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा

नेपालखोज २०८० कार्तिक २४ गते १९:१८

वार्सा । जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेका छन् ।

तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उ्नको पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार उ्नको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उ्नलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ । उ्नी मुटु र फोक्सोको समस्याबाट पीडित छन् ।

प्रतिक्रिया