मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले गरे २ वटा विश्व रेकर्ड कायम

नेपालखोज २०८० कार्तिक २५ गते ११:३३

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८० असोज १२ गते शुक्रबार) आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन ।

फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम मूर्ति अनिलले गिनिज वल्र्ड रेकर्डस् कायम गरेका हुन । असोज १२ गते साँझ ७ : १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए ।

आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए । डा. ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए ।

लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’ का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए । । यद्यपि, डा. ओम मूर्ति अनिललाई गिनिज वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो ।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शन समेत हुने विश्वास छ ।

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ । डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।

डा. ओम मूर्ति अनिलको वल्र्ड बुक अफ रेकर्ड, लण्डनको बारेमा :

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोश्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफ् एम् १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर द लङगेस्ट रनिङ रेडियो इन्टरभ्यु एस अ गेस्ट स्पीकर अन हर्ट डिजिज प्रिभेन्सन भन्ने शिर्षकमा विश्व रेकर्ड कायम गरेका हुन् । जसमा कार्यक्रमको प्रस्तोता (होस्ट) बरिष्ठ संचारकर्मी शैलजा सिंहले गरेका थिए । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।

प्रतिक्रिया