ककफाईट

बाल्यकालमा खासै धेरै घरबाट निस्कने गर्थिन । बाल्यकालको भाषामा भन्नुपर्दा रमाइलो गरेर हिडिएन । बाबु आमाको भाषामा भन्नुपर्दा उपद्र्याहा छोरा पनि भइएन । जय मूल, काली खोला या पावर हाउस कहिल्यै पुगिएन ।
घर नजिकै गणेशको मन्दिर थियो । जसलाई बोलीचालीमा लाटा गणेश भन्ने गर्दथे । थाहा छैन किन लाटो कहलियो हाम्रो छिमेकीको गणेश । त्यही मन्दिर नजिकै रहेको खाली ठाउँमा बेला बखत बच्चाहरू जम्मा भएर खेल्दथे ।
त्यही म पनि पुग्दथे, भाले जुधाइ या कक फाइट या अन्य विभिन्न नामले चिनिन्थ्यो यो खेल । शायद आजको बालकहरूले यो खेल खेल्न पाएनन् होला ।
हाम्रो समयमा लुकी–डुम, पाँच गोट्टी, एक खुट्टी, खोप्पी, गुच्चा इत्यादि खेलिन्थ्यो । रमाइलो लाग्छ ती दिनहरू सम्झँदा । मसँग कतिपय ती बेलामा बच्चाहरूले खेल्ने खेलहरूको फोटोहरू छन् । हेर्छु रमाइलो मान्छु, आफै नखेले पनि ती अरूले खेलेको क्षण सम्झन्छु ।
प्रतिक्रिया