नक्कली नोटसहित तीनजना पक्राउ

नेपालखोज २०८० कार्तिक २५ गते २०:२१

काठमाडौं । नक्कलीजस्तो देखिने नोटसहित काठमाडौंबाट एक र पर्साबाट दुई गरी तीन जना आज पक्राउ परेका छन् ।

उनीहरूमध्ये काठमाडौं महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया