सोमबार, वैशाख २४, २०८१

सर्कसका ती दिन

सुनील उलक २०८० कार्तिक २७ गते ८:००

एक जमाना थियो नेपालमा पनि भारतीय सर्कसको जगजगी थियो । भारतका प्रख्यात सर्कसहरू नेपालका प्रमुख शहरमा तथा भारतीय सिमा नजिकका शहरमा निकै आउने गर्दथ्यो ।

अहिलेका युवा पिँढीलाई शायद थाहा पनि छैन होला, सर्कस कस्तो हुन्छ या केलाइ भनिन्छ भनेर । सर्कस बिभिन्न शारिरिक करतब, तालिम प्राप्त बिभिन्न जंगली जनावर, हँसाउने जोकर तथा जादुहरूको समिश्रण नै सर्कस हो । तर केही वर्ष देखी बाल बालिका तथा जंगली जनावरहरू सर्कसमा राख्ने नपाउने हुँदा क्रमश सर्कस प्रदर्शन बन्द हुदै गएको छ ।

स्कुले जीवनमा सर्कस हेर्न रक्सौल, गोरखपुर, वीरगञ्ज, काठमाडौ पुगेको याद छ । निकै रमाइलो लाग्थ्यो सर्कस हेर्दा । तर पछि बिस्तारै बुझ्दै जाँदा सर्कसमा करतब देखाउने नेपाली महिला तथा बालिकाहरूको नारकिय जीवनको बारेमा पढे पछि सर्कस मन पर्न छोड्यो । तस्विरमा बिराटनगरमा प्रदर्शन भइरहेको जुपिटर सर्कसको बाहिरी दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया