शुक्रबार, जेठ ४, २०८१

वास्तु ज्ञान : आर्थिक लाभ र आर्थिक उन्नतिका लागि वास्तु

नेपालखोज २०८० कार्तिक २८ गते ९:००

कतिपय अवस्थामा प्रसस्त मेहनत गरेर पनि परिश्रमको फल पाइदैन भने आजको जमानामा आम्दानी डेढ रुपैयाँ र खर्च एक रुपैयाँको स्थिति छ जसका कारण खर्च धान्न गाह्रो भएको छ । यसमा हाम्रो मेहनत मात्र होइन घरको वास्तु दोष पनि जिम्मेवार हुन सक्छ । अशुभ वास्तु दोषका कारण घरमा नकारात्मक ऊर्जा, काममा अवरोध, परिवारका सदस्यहरूबीच मनमुटाव र रोग, धनसम्बन्धि समस्या आदि सृजना हुन्छ । यसबाट धेरै प्रकारका बाधा पनि सामना गर्नुपर्छ । यस्ता समस्याबाट छुटकारा पाउन वास्तुशास्त्रमा केही उपायहरु बताइएका छन् । यी उपाय अपनाउँदा आर्थिक लाभ तथा जीवनमा उन्नति, सुख, समृद्धि एवं वैभव प्राप्त हुन्छ ।

धन सम्वन्धी चीजहरू यो दिशामा राख्नुहोस्

आर्थिक समृद्धि र स्थायित्वका लागि पैसा सधैं दक्षिण–पश्चिम कुनामा राख्नुपर्छ। यो दिशा सुरक्षित हुन्छ । अलमारी, सुन–चाँदी, गहना, आर्थिक कागजात आदि सामानहरू दक्षिण–पश्चिम दिशामा राख्नुपर्छ । यो दिशाले पृथ्वी तत्वको प्रतिनिधित्व गर्दछ जसले स्थिरता सुनिश्चित गर्दछ । यो दिशामा राखिएका चीजहरू गुणाका रुपमा बृद्धि हुन्छन्। पैसा राख्नका लागि प्रयोग हुने वस्तुहरू कहिल्यै पश्चिम वा दक्षिण दिशामा राख्नु हुँदैन । यो नियमलमइ बेवास्ता गरे धनको ठूलो कमी हुन सक्छ ।

उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह–सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया