आइतबार, जेठ ६, २०८१

विश्वकप सेमिफाइनल : अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

नेपालखोज २०८० कार्तिक ३० गते १०:३४

एजेन्सी । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २:१५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले भने सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्ने सोचमा छ । ब्याटिङ उस्को प्रमुख हतियार हो । क्विन्टन डि कक, रास्सी भान डर डुसेन, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता ब्याटर टोलीमा छन् । सबैल्व जारी विश्वकपमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

डि ककले जारी विश्वकपमा ९ खेलमा ४ शतकसहित ५ सय ९१ रन बनाएका छन् । आजको खेलमा उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । डुसेनले २ शतकसहित ४ सय ४२ रन बनाएका छन् ।

मिलर र क्लासेनबाट राम्रो अन्त्य चाहन्छ । दक्षिण अफ्रिकाको तिव्र गतिको बलिङ आक्रमण उत्कृष्ट छ । जेराल्ड कोट्जी, मार्को यानसन र कागिसो रबाडा जोडि खेल्न सहज हुने छैन । स्पिनर केशव महाराजले पनि उच्च प्रदर्सन गर्दै आएका छन् ।

उता अस्ट्रेलिया लिगमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो । अस्ट्रेलिया पछिल्ला चार खेलमा दक्षिण अफ्रिकासग पराजित भएको छ । चारै खेल लक्ष्य पछ्याउँदै गर्दा थियो ।

तर पछिल्लो सात खेलमा अस्ट्रेलियाले आफ्नो क्रिकेट खेलेको छ । ओपनर मिचेल मार्श, डेविड वार्नर र ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । म्याक्सवेलले अफगानिस्तानविरुद्ध २ सय १ रनको अदभूत इनिङ खेलेका थिए ।

९१-७ को अवस्थाबाट उनले एक्लै जिताएका थिए । नेदरल्यान्डविरुद्ध ४० बलमै शतक हानेका थिए । म्याक्सवेल उच्च लयमा छन् । उनी टिकेको खण्डमा एक्लै खेल जिताउन सक्छन् ।

मार्शले पछिल्लो खेलमा बंगलादेशविरुद्ध १ सय ७७ रन बनाएका थिए । वार्नरले जारी विश्वकपमा ९ खेलमा २ शतकसहित ४ सय ९९ रन बनाएका छन् । ट्रविस हेड, स्टिभ स्मिथ र विकेटकिपर जोश इंग्लिसबाट उत्कृष्ट प्रद्रर्शन चाहन्छ । स्मिथको प्रदर्शन मध्यक्रमा निकै महत्त्वपूर्ण हुनेछ । मार्नस लाबुसेनको स्थानमा क्यामरन गृनलाई मौका दिन सक्छ ।

स्पिनर एडम जाम्पाले जारी विश्व्कपमा ९ खेलमा २२ विकेट लिएका छन् । उनी प्रमुख हतियार हुन् । प्याट कमिन्सले जारी विश्वकपमा खासै राम्रो गर्न सकेका छैनन् । कप्तानी बलिङ गर्न आवश्यक छ । जोश हेजलवुड र मिचेल स्टार्कको जोडि पुन हाबी हुन सक्छन् ।

यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।

प्रतिक्रिया