आइतबार, जेठ ६, २०८१

बाबर आजमको राजीनामासँगै पाकिस्तानले नियुक्त गर्यो नयाँ कप्तान

नेपालखोज २०८० कार्तिक ३० गते ११:३६

बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी-२० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट कप्तान नियुक्त गरेको छ ।

निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म ओडीआई कप्तानको नाम तोकेको छैन ।

मसूदको जसले एक दशकअघि आफ्नो टेस्ट डेब्यू गरेका थिए । तर केही वर्ष उनी टिममा परेका थिएनन् । पछिल्लो पटक श्रीलंकाविरुद्ध खेलेका उनले ३० टेस्ट खेलेका छन् ।

यता २३ वर्षीय अफ्रिदीले अष्ट्रेलियामा हुने टेष्टपछि पाकिस्तान पाँचवटा टी–२० खेल्न न्यूजिल्याण्ड जादा टिमको कप्तानी गर्नेछन् । जुन २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपका लागि उनका लागि कप्तानका लागि अनुभवी हुन ६ महिना समय हुनेछ ।

अफ्रिदीले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको कप्तानी गरेका थिए। कलन्दर्सले उनको नेतृत्वमा दुई उपाधि जित्दै उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थिसयो । पीसीबीले मसूद र शाहिनलाई कप्तान नियुक्त गरेको केही समयपछि मोहम्मद हाफिज टोली निर्देशक हुने घोषणा गरेको थियो।

प्रतिक्रिया