मंगलबार, वैशाख १८, २०८१

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

नेपालखोज २०८० मंसिर ३ गते १८:४९

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ ।

यही मङ्सिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा भारत, बङ्गलादेश, चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकको सहभागिता रहने महासङ्घका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदर्शनीमा एक सय ८० भन्दा बढी कक्ष रहनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदर्शनी उद्घाटनका निम्ति अनुरोध गरिएको उनले बताए ।

प्रतिक्रिया